२०८० चैत्र १५ , बिहिवार

प्रभु बैंक र युरेका इन होटल बिच आकर्षक छुट गर्ने सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र मुक्तिनाथ स्थितयुरेका इन होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 

बैंकका तर्फबाटजोमसोम क्षेत्रिय प्रमुख नरेन्द्र थकाली र युरेका इन होटलकातर्फबाटप्रोप्राइटर सुरजन तुलाचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले युरेका इन होटलद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

उक्त सम्झौता अन्तर्गत युरेका इन होटलमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,युरेका इन होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौता बाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।