२०८० चैत्र १५ , बिहिवार

विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर ‘ईओ मिनी’ अब नेपालमा

सुनाखरी न्युज/ काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलोपटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ।

 

यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरका लागि डिजाइन गरिएको हो। ईभी चार्जिङ (ईओ) ब्रिटिस प्रदायकको बिजुली बाट चल्ने सवारीसाधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो। यसले ईभी चार्जिङ स्टेसनहरु र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ। ईओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो। ईओ को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र अमेजन, डीएचएल र टेस्कोजस्ता फ्लिट अपरेटरहरुले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरुमा वितरण भएको छ। यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरुसँग चार्जिङ पार्टनरका रुपमा साझेदारी पनि गर्दै आएको छ।

 

डिसेम्बर २०२१ मा ईओले यूके, आयरल्यान्ड र स्क्यान्डिनेभियामा ६० हजार वटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो। ‘ईओमा हामी प्रविधिभन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्छौं। विद्युतीय सवारीसाधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ। त्यसैले हामी हाम्रा पाटर्नर तथा ग्राहकको सेवामा समर्पित छौँ’, कम्पनीले भनेको छ, ‘हामी इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा छौँ। हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौँ। जसले व्यवसाय र व्यक्तिहरुलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ।’

 

ईओ मिनीमा इन्टेग्रल ६एमए डीसीको सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ। यसलाई बिना कुनै टाइप बी आरसीडी नियन्त्रण गर्न सकिन्छ। ईओ मिनी तपाइँको घरको पावर इनपुट जडानका आधारमा ६ एएमपीदेखि ३२ एएमपीसम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो ईओ १७५एमएम ह् १२५एमएम ह् ९५ एमएम मा उपलब्द छ। ईओ मिनीका अन्य उल्लेखनीय सुविधाहरुमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ केडब्ल्यूसम्मको पावर रेटिंगलाई लिन सकिन्छ। कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार रुपैयाँ रहेको छ।