२०८१ बैशाख १३ , बिहिवार

कामना सेवा र हिबाचीप्लेस बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंक र हिबाचीप्लेस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

 

यस सम्झौताअन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाचीप्लेसले प्रदानगर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौता बाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।