२०८१ बैशाख १३ , बिहिवार

भारतीय वायु सेनाका उपप्रमुख नेपालमा

सुनाखरी न्युज/ काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आउनुभएको छ । आइतबार दिउँसो उहाँको नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना भारतीय सेना नेपाल आइपुगेका हुन् ।

 

उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गते सम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ । ५ दिन नेपाल रहँदा सैनिक टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । उहाँले सोमबार नै जंगी अड्डा भ्रमण गर्ने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । टोलीले मंगलबार पोखरास्थित मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गर्नेछ ।

 

यस्तै, भ्रमण दलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनी लगायत काठमाडौं र पोखराका पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ । यसअघि पनि विभिन्न देशले सञ्चालन गर्ने उच्चस्तरका सैनिक तालिममा सहभागीहरुले नेपालको भ्रमण गर्ने गरेका थिए ।