२०८१ बैशाख ११ , मंगलबार

नेलम्बो नेपालको निःशुल्क दन्त शिविर र छात्रवृति कार्यक्रम सम्पन

सुनाखरी न्युज/ काठमाडौं । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले मादी गाउँपालिकासँग समन्व गरी गत जेठ २२ गते देखि २६ गते सम्म ४६६ जनाको दन्त परिक्षण दाँत निकाल्ने ,भर्ने, जरै देखि उपचार, सफा गर्ने, गिँजाको उपचार दाँतको एक्सरे र लगायत सम्पूर्ण उपचार गराएको थियो ।

 

उक्त निःशुल्क दन्त शिविरमा उपचार गराएका विरामीहरुको पुनः परिक्षण र उपचार ( फलोअप ) यही भाद्र ०८ गते देखि १२ गते सम्म सञ्चालन गरी मुख तथा दाँको पूर्ण उपचार दिन सफल भएको छ । सो शिविरमा दुई पटक गरी जम्मा ६६९ जना व्यक्तिहरुले प्रत्यक्ष लाभ लिएका छन् । सो शिविरमा ९० जनाले पुनः परीक्षण र ११३ जनाले नयाँ परिक्षण पनि गराएका थिए ।

 

उक्त शिविरमा मादी गाउँपालिकाका अध्यक्ष देवी जंग गुरूङ्गले नेलम्बो नेपालले प्रत्यक्ष जनतासँग जोडीने कार्य गरेकोमा आभार व्यक्त गरे, आगामी दिनमा नेलम्बो नेपालसँग अन्य धेरै कार्य गर्न पनि तयार रहेको बताउनु भयो । उक्त शिविरमा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल विपन्न समुदायमा र सक्रिय जनसहभागितामा कार्य गर्ने पनि बताउनु भयो । त्यसै गरी मादी गाउँपालिकाका स्वास्थ्य संयोजक गोपाल चनद्र वरालले नेलम्बो नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दे आगामी दिनमा अन्य स्वास्थ्य शिविर पनि सहकार्य गर्ने बताउनु भयो । त्यसै गरी मादी गाउँपालिका वडानं. ४ का अध्यक्ष शिव प्रसाद सापकोटाले आफ्नो वडामा नेलम्बो नेपालले दाँतको निःशुल्क शिविर सञ्चालन गरेकोमा हार्दिक धन्यवाद व्यक्त गरे ।

 

त्यसै गरी नेलम्बो नेपालले विपन्न परिवारका विद्यार्थीहरुलाई लक्षित गरि असारमा छात्र वृतिका लागि माग आवेदन आह्वान गरेको थियो । उक्त माग आवेलदनलाई नेलम्बो नेपालको छात्रवति उप समितले अध्ययन अवलोकन गरि १० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रम सञ्चालन गरि छात्रवृति हस्तान्तरण गरेको छ । सो छात्र वृतिमा पर्न सफल विद्यार्थीहरुलाई प्राविधिक तर्फ रु ४०,०००(अक्षेरुपी चालीस हजार मात्र) कादरले र अन्य तर्फ रु २०,०००(अक्षेरुपी बीस हजार मात्र) कादरले छात्रवृति हस्तान्तरण गरेको हो ।

 

उक्त छात्र वृतिमा पोखरा १९ बस्ने संगीता अधिकारी, अन्नपूर्ण गाउँपालिका १ निवासी जयन्ती दाहाल र विवेक भण्डारी, मंगला गाउँपालिका २ म्यादी निवासी शुशिला किसन, धौलागिरी गाउँपालिका ४, म्यादी निवासी कल्पना पुन, अर्जुन चौपारी गाउँपालिका ५, स्याङ्गजा निवासी अनिषा परियार, पोखरा ३३ निवासी राजन आचार्य र शुशिल आचार्य, कुश्मा नगरपालिका १५, पर्वत निवासी नेहा सुनार र पोखरा महानगरपालिका २८, कास्की निवासी सन्देश कँडेल लाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले छात्रवृतिको सम्झौता हस्तान्तरण गर्नु भएको हो ।