२०८१ बैशाख ७ , शुक्रवार

खल्ती र अपेन बिच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उदेश्यका साथ एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) र खल्ती बीच साझेदारी भएको छ ।

 

यस साझेदारीसंगै अब अपेन संग आबद्ध रहेका ६०० भन्दा बढी मनटेस्वरीहरुले नविकरण शुल्क तथा कार्यक्रम शुल्क को सजिलै खल्ती मार्फत् भुक्तानी गर्न सक्नेछन् । साथै अपेन संग जोडिन चाहने मनटेस्वरीहरुले पनि अपेन को रजिस्ट्रेशन शुल्क ’खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन् । खल्तीले अपेन संग आबद्ध रहेका हरेक मनटेस्वरीहरुलाई डिजिटल शुल्क सङ्कलनको सुविधा प्रदान पनि गरेको छ । जस अन्तर्गत अब अपेन संग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मनटेस्वरीहरुले निःशुल्क रूपमा डिजिटल शुल्क सङ्कलन गर्न सक्नेछन् ।

 

साथै ५०० निःशुल्क एसएमएसको फाईदा पनि लिन सक्नेछन् । एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) काठमाडौं जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएको गैर नाफामुखी संस्था हो । एस संस्थाले सामान्यतया अभिभावकको भूमिका खेल्दै प्रिस्कूललाई आवश्यक मार्गदर्शन र परामर्श प्रदान गर्छ । साथै बालबालिका, शिक्षक र प्रिन्सिपलहरूलाई विभिन्न अभिमुखीकरणहरू, स्टेज कार्यक्रमहरू, र प्रेरक कार्यक्रमहरू मार्फत अघि बढ्न प्रेरित गर्छ ।

 

यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “अपेन संग मिली डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाउनु हाम्रो लागि एक महत्वपुर्ण अवसर हो । हाम्रो यस साझेदारीले परम्परागत शुल्क सङ्कलन प्रणालीलाई डिजिटलाइज गर्दै शैक्षिक क्षेत्रको बित्तिय कारोबार अझै सरल र सुरक्षित बनाउने कुरामा हामी बिस्वस्त छौं ।”