२०८० चैत्र १५ , बिहिवार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

सुनाखरी न्युज/ झापा। झापाको झापा गाउँपालिका-६ का ४० बर्षीय नाईके हस्दालाई धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

गत सुक्रवार राती नाईके हस्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ बर्षीया तालामाई हस्दालाई धारिलो हतियार प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार रहेका हस्दाको खोज तलासको क्रममा कचनकवल गाउँपालिका १ स्थित नेपाल भारत सिमा नजिकबाट प्रहरीले हिजो बिहान पक्राउ गरेको हो ।

 

पक्राउ परेका हस्दाको जिल्ला प्रहरी कार्यालय झापाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।