२०८० चैत्र १६ , शुक्रवार

श्रोत नखुलेको रकम सहित १ जना पक्राउ

सुनाखरी न्युज/  झापा। झापाको झापा गाउँपालिका-१ स्थितबाट श्रोत नखुलेको नेपाली रुपैया सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

गत सुक्रवार इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा झापा गाउँपालिका-१ का ५४ बर्षीय तेज बहादुर गणेशले बोकेको २ वटा प्लास्टिकको झोला संका लागि चेकजाँच गर्दा झोला भित्र प्लास्टिकको बोरामा लुकाई राखेको नेपाली रुपैया १ हजार दरको नोट ९ सय थान, ५ सय दरको नोट ८ सय थान र १ सय दरको नोट ६ सय थान गरी जम्मा १३ लाख ६० हजार श्रोत नखुलेको रुपैया बरामद गरेको हो ।

 

श्रोत नखुलेको रुपैया सहित पक्राउ परेका गणेशलाई बरामद भएको रकम सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।