२०८१ बैशाख ८ , शनिवार

नेपाल केन्यासँग पराजित

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल  केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा १८ रनले पराजित भएको छ ।

घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल शुक्रबार भएको खेलमा  १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १-१ को बराबरी गरेको छ ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०(२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको ब्याटिङ सुरुवात फेरि एक पटक राम्रो हुन सकेन । ओपनर आसिफ शेख तेस्रो र ज्ञानेन्द्र मल्ल चौथो ओभरमा आउट भएपछि नेपालले ११ रनमै २ विकेट गुमाएको थियो ।

पहिलो टी-२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।