२०७९ आश्विन १८ , मंगलबार

राहदानी विभागले पनि खुलायो बेसमेन्ट पार्किङ

सुनाखरी न्युज/ काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागले पनि बेसमेन्ट पार्किङ खुला गरेको छ ।

आवेदकहरुको होल्डिङ एरियाको रुपमा प्रयोग गर्दै आएको पार्किङ आइतबारदेखि सेवाग्राहीका लागि खुला गरिने विभागले जनाएको छ ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अभियानकै रुपमा अन्डरग्राउण्ड पार्किङ खुलाउन सुरु गरेपछि राहदानी विभागले पनि बेसमेन्ट खुला गरेको हो ।