२०८० चैत्र १५ , बिहिवार

महानगरको टोलीले खाली गरायो राहादानी विभागको बेसमेन्ट

सुनाखरी न्युज/ काठमाडौं । महानगरको टोली त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेर पार्किङका लागि बनाइएको भूमिगत स्थानमा राखिएको कार्यालयमा प्रयोग हुने सामग्री लगायतका अन्य संरचना हटाएको छ।

 

शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरी सहितको टोलि राहदानी विभाग पुगेर अनुगमन गरेको हो। काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले पार्किङको प्रयोजन लागि बेसमेन्ट तयार भएको ठाउँमा अन्य प्रयोजनको लागि प्रयोग भएको सामग्री लगायतका अन्य संरचना हटाइएको बताएका छन्। उनले सरकारी निकाय आफै पनि सचेत हुनुपर्ने बताएका छन्।

 

उनले राहदानी विभागले पनि अन्य प्रयोजनका लागि प्रयोग गर्दै आएको सुचनाको आधारमा अनुगमन गरिएको बताए। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्छ तर पार्किङको सुविधा नहुँदा सेवाग्राहीले नजिकैको गल्लीहरूमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नुपर्ने बाध्यता रहेको छ।