२०८१ बैशाख १३ , बिहिवार

कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान ७७ वटै जिल्लामा सुरु

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन लक्षित अभियार्न जनताको साथमा कांग्रेस’ आजदेखि सुरु भएको छ । अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले आजदेखि भदौ २४ गते सम्म पहिलो चरणको अभियान सुरु गर्न लागेको हो । अभियानको दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु गरिने सो पार्टीले जनाएको छ ।

 

मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, मतदातासँग अन्तर्क्रिया गर्ने राष्ट्रिय राजनीतिको अवस्था, गठबन्धनको औचित्य र आफ्ना एजेन्डाबारे प्रचार प्रसार गर्ने अभियानको लक्ष्य रहेको कांग्रेसले जनाएको छ ।