२०७९ आश्विन २१ , शुक्रवार

दोहोरो अंकले घट्यो नेप्से

nepse down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर दुई हजार २२ दशमलब ६२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज कारोबार भएका कम्पनीमध्ये १० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य आज ५.९५ अंकले बढेर प्रतिकित्ता १४४५ रुपैयाँ पुगेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५.३८ प्रतिशतले बढेर प्रतिकित्ता ३८४ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज पञ्चकन्यामाइ हाइड्रोपावर र कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ । यसको आज ६ करोड ६८ लाख भन्दा बढीको कारोबार भएको छ ।