२०८० चैत्र १६ , शुक्रवार

प्रहरी कार्यालयमा ‘हामी सबै सँगसँगै कार्यक्रम’

सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको ‘सेवा सुधार योजना’ अन्तर्गत प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यवसायिकता र भाईचारा अभिवृद्दिको लागी आज देखी ‘हामी सबै सँगसँगै कार्यक्रम’ सुरुवात गरीएको छ ।

कार्यक्रमको उद्घघाटन गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जोशीले संगठन भित्र भएका कमिकमजोरी,सुधार गर्नुपर्ने कुरा र प्रहरी कर्मचारी भित्र भएका गुनासो सुन्दै प्रहरी कर्मचारी बिच भातृत्व बढाउने उदेश्यले कार्यक्रम संचालन गरिएको बताउनु भएको थियो । कार्यक्रम गण्डकी प्रदेश मातहतका सम्पुर्ण कार्यालयहरुमा सञ्चालन गरी कार्यलय प्रमुखहरुले कर्मचारीहरुका गुनासो सम्बोधन गर्न समेत प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले निर्देशन गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्रवण कुमार वि.कले उक्त कार्यक्रमको आवश्यकता, अवधारण, उदेश्य र रुपरेखाका बारेमा प्रष्ट पार्नुभएको थियो । प्रत्येक महिनामा सञ्चालन हुने ‘हामी सबै सँगै’ कार्यक्रमबाट प्रहरी कर्मचारीहरु विचमा भाईचारा, संवेदनशिलताको विकास, तनाव व्यवस्थापन, उत्प्रेरणा अभिवृद्दी, सकरात्मक सोच लगायत व्यवसायिकतामा वृद्धी भई थप व्यवसायिक कार्यमैत्री वातावरण निर्माण एवं प्रहरी कर्मचारीहरुलाई आफ्ना प्रतिभा प्रस्तुत गर्ने समेत महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिईएको छ ।