२०८१ बैशाख ४ , मंगलबार

आजदेखि समानुपातिकका लागि दल दर्ता सुरु

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिन सुरु गर्दैछ ।

 

आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले निवेदन दर्ता गराउने छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेझै समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिने जानकारी दिनुभयो ।

 

आयोगले निवेदन दर्ताका लागि भदौ १२ गते सम्मको समयसीमा तोकेको छ ।