२०८० चैत्र १५ , बिहिवार

बिहान खाली पेटमा काजु खानुका अनेक फाइदाहरु

सुनाखरी न्युज / बिहान खाली पेटमा काजुको सेवन गर्नाले धेरै रोगहरु पनि हट्छन । काजुमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी६, प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरस र जिंक जस्ता धेरै पोषक तत्वहरू पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ। बिहान खाली पेटमा काजु खाँदा हड्डी बलियो हुन्छ । साथै, पाचन प्रणाली पनि स्वस्थ रहन्छ ।

 

बिहान खाली पेटमा काजु खानुका फाइदाहरु

१ बिहान खाली पेटमा काजुको सेवन गर्दा शरीरको उर्जा बढ्छ किनकी काजुमा कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको उर्जा     बढाउँछ । त्यसैले काजुको सेवनले शरीरमा उर्जा कायम रहन्छ ।

 

 

२ मानसिक स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ । साथै यसको सेवनले स्मरणशक्ति तेजिलो हुन्छ । काजु बालबालिकाको मस्तिष्कको     विकासका लागि निकै फाइदाजनक हुन्छ ।

३ काजुमा क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । यसले हड्डी र ओस्टियोपोरोसिसको समस्याबाट पनि छुटकारा पाउन मद्दत  गर्छ ।

४ काजुको सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसका साथै कब्जियतको समस्या पनि हट्छ ।