२०८१ बैशाख ८ , शनिवार

कामको खोजीमा हुनुहुन्छ ?

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा आफुले चाहेजस्तो कामपाउन त्यति सजिलो छैन। यदितपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ।

 

अझकानुनी रूपमादर्ता भएको, काम गर्न उपयुक्तवातावरण भएको र कर्मचारीलाई राम्रो सेवा–सुविधादिने कम्पनी भेटाउन झनै गाह्रो छ। काठमाडौंमा रोजगार प्रदान गर्ने धेरै कम्पनीहरू छन् र तिनीहरुअधिकांश सामाजिक सञ्जालमापनिएकदमै सक्रिय छन् । अधिकांशकम्पनीहरुले कुनै अनुभव बिना पनि राम्रो काम उपलब्ध गराउने दाबी गर्छन्। शत–प्रतिशत रोजगारीको ग्यारेन्टि दिएर गरिएको उनीहरुको विज्ञापन यसरी राखिएको हुन्छ कि SEE माध्यमिकतहको मात्र योग्यता भएका व्यक्तिहरुले पनि सजिलैसँग आकर्षक तलब सहितजागिर पक्का पाउँछन्, त्यो पनि एक कलफोनको भरमा। त्यसैले आवेदकहरुले पनि कुनै खोजीनिति बिना नै कामको लागि आवेदन दिन्छन् ।

 

धेरै जसो यस्ता कम्पनीहरूले शुरुमा आफ्नो सेवालाई निःशुल्कभनेर प्रचार गरे पनिदर्ता शुल्क, सञ्चालनशुल्क र अन्यशुल्कभनेर अनेक बहानाबनाइजागिर खानेहरुबाटै उल्टै मोटो रकमअसुल्ने गरेको पाइन्छ । त्यस्तै कतिपयले त जागिर पश्चात एक महिनाको पुरै तलब बराबर सम्मको रकमअसुल्ने गरेको गुनासो पनिबारम्बार आइरहन्छन्। यस्तै कारणहरुले गर्दा नेपालमा राम्रो र स्थायीजागिर खोज्न निकै कठिनाइ झेल्नु परेको पाइन्छ। र, यसैले गर्दा नेपालमै काम गर्ने र राम्रो करियर बनाउनचाहने मानिसहरुलाई गाह्रोत भएको छ नै, उनीहरुलाई थप हतोत्साही पनि बनाएको छ। यस लेखमार्फत आजहामीतपाईंहरुलाई त्यस्तो घोटालाहरूबाट कसरी बच्ने र कसरी राम्रो कामपाउने भन्ने जानकारी दिनगईरहेका छौँ।यस्ता ठगीका घटनाहरूबाट बच्न र वास्तवमै राम्रो कम्पनीमाकामपाउन शुरुमा त आफैँले केही अनुसन्धान गर्नुपर्छ।

 

भर्खरै स्नातक अथवा स्नातकोत्तर तहसम्मको अध्ययन सकाएर बसेका विद्यार्थीहरुले रोजगारी खोज्ने क्रममा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। सबैभन्दा धेरै ध्यानदिनुपर्ने कुरा भनेको रोजगार प्रदान गर्ने कम्पनी कानूनी रूपमादर्ता भएको छ या छैन भनेर थाहापाउनु हो। अहिलेको डिजिटल समयमा धेरै जसो कम्पनीहरूको आफ्नै वेबसाइट हुन्छ जसमा कम्पनीको सबै जानकारीहरु राखिएको हुन्छ ।तपाई आफुले काम गर्न चाहेको कम्पनीको वेब–साइटमा लग– इन गरेर आवश्यकविवरणहरू पत्तालगाउन सक्नुहुन्छ । यस्तै गरी कम्पनीको लिङ्कड–इनवाअन्य सामाजिक सञ्जालमार्फत पनिकम्पनीको बारेमाथपजानकारी पाउन सक्नुहुन्छ। र यति गरिसकेर पनितपाईं अझै विस्तृतमा बुझ्न चाहनुहुन्छ भने www.kumarijob.com मा लग–इन गर्न सक्नुहुनेछ । अथवा कम्पनीको तीनकुनेस्थित कार्यालयमै गएर पनि बुझ्न सक्नुहुनेछ । रोजगारी खोज्ने,आवेदनदिने तथा रोजगारीसँग सम्बन्धित अन्य गतिविधीहरु लाई सरल बनाउने लक्ष्यको साथकुमारी जबको स्थापना भएको हो।

 

यसको वेबसाइटमा दर्ता भएका सबै कम्पनीहरु नेपाल सरकारको कानुनअनुसार दर्ता भएका हुन्छन् । यसको साथै कुनै कम्पनीलाई आफ्नो वेबसाइटमा दर्ता गर्नुअघि कुमारी जबले उक्त कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र सहकार्य गर्ने गर्छ । यीकम्पनीहरुको मागअनुसार कुमारी जबले भर्खरै पढाई सकेका र वास्तविककामको अनुभव नभएका मानिसहरु लाई पनि इन्टर्न अथवा एन्ट्री लेभलपोजिसनमा जागिर मिलाइदिने काम गर्छ । त्यस्तै गरी कुनै पनिक्षेत्रमाकाम गरेको राम्रो अनुभवभएका मानिसहरु लाई पनि कुमारी जबले अझै राम्रो अवसर प्रदान गर्छ । यसको वेबसाइटमा दर्ता भएकाहजारौं बहुराष्ट्रिय कम्पनीहरू, गैरसरकारी संस्थाहरू र आईएनजीओहरूमा जो कोहीले पनिआफूले खोजे जस्तो कामपाउन सक्छन्।