२०८१ बैशाख १३ , बिहिवार

प्रहरी जवान आधारभूत तालिमका ५ हजार १ सय ३१ जना प्रहरी जवान दीक्षित

सुनाखरी न्युज/ काठमाडौं । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका छन् । ती मध्ये ७ सय १४ जना महिला र ४ हजार ४ सय १७ जना पुरूष रहेका छन् ।

 

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरका ५ सय २४ जना, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीका ९२ जना र १ नम्बर प्रदेश प्रहरी गण बिराटनगरका ९८ जना गरी जम्मा ७ सय १४ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

 

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ५ सय २८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै बागमती प्रदेश प्रहरी गण हेटौंडाको दीक्षान्त समारोहमा वागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा सो गणबाट १ सय ४२ जना र नेपाल प्रहरी विशेष सुरक्षा गण मकवानपुरबाट ९५ जना गरी २ सय ३७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरको दीक्षान्त समारोहमा सोही शिक्षालयका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट २ सय १२ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

 

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ८१ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ४ सय ८६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासीबाट ९८ जना र लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेबाट ९६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

 

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त महाविद्यालयबाट ४ सय ११ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ४ सय ८५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ९७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

 

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय ९३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट २ सय ९७ जना, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरबाट ९९ जना र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीबाट ९८ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट ९५ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

 

नेपाल प्रहरी केन्द्रीय बिशेष कार्यदल कपनको दीक्षान्त समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त दीक्षान्त समारोहमा ९७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।