२०८१ बैशाख ११ , मंगलबार

क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौं महानगरपालिका – १० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाई पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेका दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।