२०८१ बैशाख १३ , बिहिवार

काठमाडौं उपत्यकामा पञ्चदान पर्व मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं । आज भाद्र कृष्ण त्रयोदशीका दिन काठमाडौं, भक्तपुर लगायतका ठाउँमा पञ्चदान पर्व मनाइँदै छ ।

 

आजका दिन दैनिक जीवनका लागि आवश्यक पर्ने चामल, नुन, पैसा, दाल, धानलगायत पाँच विभिन्न प्रकारका वस्तुहरू दान गर्ने गरिन्छ ।

 

आजभोलि आ–आफ्नो क्षमता अनुसार मानिसहरूले अन्य सामग्रीहरू पनि दान दिने गरेका छन् । पञ्चदान पर्वकै अवसरमा भक्तपुरमा आज पाँच वटा दिपनकर बुद्ध निकाली नगर परिक्रम गर्ने र भक्तपुरबासीले दिपनकर बुद्धलाई पूजा गरी दान दिने चलन छ ।