२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदी दुबैको भाउ बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन ३०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ८०० रुपैयाँ थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार १७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । हिजो पाँच रुपैयाँले बढेर १ हजार १६५ मा कारोबार भएको थियो ।