२०८१ बैशाख १३ , बिहिवार

फोटोन ट्युनल्याण्ड इ अब भएको छ मुख्यमुख्य स्तरोन्नतिहरुका साथ ट्युनल्याण्ड इ प्लस

सुनाखरी न्युज/ काठमाडौं । फोटोन ट्युनल्याण्ड इ, ट्युनल्याण्ड एसजिको अत्यधिक सफलतापश्चात् एवं ग्राहकहरुको मागलाई मध्यनजर राखेर फोटोन मोटर्स नेपालले आफ्नो नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमाउपलब्ध गराएको छ ।

 

नेपालको पिक अप बजारमा सर्वोच्चताप्रदान गर्न सम्पूर्ण नयाँ ट्युनल्याण्ड इ प्लस शक्ति, कार्यक्षमता र विश्वसनीयताको अद्भूत संयोजन सहितपिकअप समुहमाखेल परिवर्तन गर्ने स्तरोन्नतिहरुका साथनेपालीबजारमाप्रवेश गरेको छ । अधिक कार्यक्षमताको लागिफोटोन ट्युनल्याण्ड इ प्लस सवारी निर्माणको क्षेत्रका केही उल्लेखनीय प्रविधिहरुका साथ संचालन गरिएको कम्पनीले जनाएको छ । स्तरोन्नति पश्चात पिक अपले सम्पूर्ण नयाँ २.०एल इनलाइन, ३६०० आरपिएमकमा १४९.५५ को एक अद्वितीय शक्ति उत्पादन गर्ने तथा १८०० र ३००० आरपिएमको बीच ३२० एनएमको अधिकतम टर्क दिने ४– सिलिण्डरको इन्जिन र ६– स्पीडयुक्त मानवचालित ट्रान्समिसनले यसलाई जुनसुकै किसिमको भूभागको लागि उपयुक्त बनाएको छ ।

 

 

ट्युनल्याण्ड इ प्लसमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थपविस्तारित ब्रेकिङ्ग प्रणाली एबिएस पनि रहेको छ । कम्पनीका अनुसार, इबिडि प्रणाली सहितको एबिएसले गाडीको पाङ्ग्रामा भारको परिमाण अनुमान गर्न हरेक पाङ्ग्राको छिटो गति वा ढिलो गतिको जाँचगर्दछ, जसले गर्दा चुनौतीपूर्ण अवस्थामा ब्रेक लगाउनु पर्दा स्टेयरिङ्ग लाई बढी नियन्त्रण गर्न सकिन्छ र केही परिस्थितिहरु जस्तै गिलो सडकमा रोक्नको लागि दूरीहरु कम गर्न मद्दत गर्छ ।

 

मुख्यमुख्य स्तरोन्नतिहरुकाअतिरिक्त सम्पूर्ण नयाँ शक्तिशाली ट्युनल्याण्ड इ प्लसले १०५० केजी सम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ भनें यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम भएकोले यो सबै खाले कार्यहरुको लागिएवं नेपाली भौगोलिक बनावट सुहाउँदो पिक अप साबित भएको छ । यसमा जडान गरिएको उत्कृष्ट टच स्क्रिन रियरभ्यू क्यामरा एक अर्को नमूनारुपी उपकरण हो, जसले यस शक्तिशाली पिक अपको पछाडीको दृश्यावलोकन गर्न, टक्कर नलाग्ने गरी पछाडी सार्न एवं पार्किङ्गको समयमा आत्मविश्वास जगाउन ठूलो मद्दत गर्दछ ।

 

फोटोन ट्युनल्याण्ड इ प्लस स्पोर्टसले आफ्नो शक्तिशाली बनावटमा धेरै चित्ताकर्षक डिजाइनहरु प्निप्राप्त गरेको छ । अग्र भागको केन्द्रमाफोटोन लोगोयुक्त ठूलो ३ धर्के क्रोम गरिएको ग्रिल राखिएको छ । प्रोजेक्टर हेडल्याम्प र सूचकहरु एउटै हाउजिङ्गमाएकीकृत गरिएका छन् । यसमाथपनयाँ परिवर्तन स्वरुप एलइडि डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ्गबोर्ड, क्ल्याम्पर, एन्टी–रोल ओभर बार र बेड लाइनर लगायतका धेरै उत्कृष्ट उपकरणहरु पनि रहेको कम्पनीले जनाएको छ । बिल्कुलै नयाँफोटोन इ प्लस ग्राहकहरुले चाहे जस्तै शक्ति, कार्य क्षमता र बनावटको एक जोडदार पिक अप भएको भनीकम्पनीले दावी गरेको छ ।