२०८० चैत्र १६ , शुक्रवार

कास्की जिल्ला स्तरिय टेबुलटेनिसको छनौट प्रतियोगिता भाद्र ९ गते

सुनाखरी न्युज/ पोखरा । कास्की जिल्ला टेबुलटेनिस संघले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को पहिलो चरण अन्तरगत कास्की जिल्ला स्तरिय छनौट प्रतियोगिता भाद्र ९ गते विहिबार गर्ने भएको छ ।

 

कास्की जिल्ला खेलकुद विकास समितिले दिएको समय सिमा मंगलबारसम्म कास्की जिल्लाका टेबुलटेनिस प्रतियोगितामा भाग लिन २० पुरुष र १० महिलाले खेलाडी दर्ता गराएका छन् । छनौट प्रतियोगताको लागि आवश्यक सम्पुर्ण व्यवस्थापन तयारी पुरा भएको संघका सचिव कृष्ण बहादुर रानाभाटले वताए ।

 

उक्त छनौट प्रतियोगिताका विजेताहरुले गण्डकी प्रदेश स्तरिय प्रतियोगितामा भाग लिने छन् । कास्की जिल्लाबाट विभिन्न इभेन्टमा १० जना खेलाडीले प्रदेश स्तरिय खेल खेल्न पाउने संघले जानकारी दिएको छ ।