२०८१ बैशाख ७ , शुक्रवार

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडर सिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो ।

 

कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सिइओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा पराजुलीले चालआ.व. फाल्कनइयर २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गर्नुभयो । कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्ता लाई जनही एक लाख सहितविशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको छ ।

 

कोभिड १९ काकारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलनहुन सकिरहेको थिएन । कम्पनीले विगततीनआर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सवै भन्दा उत्कृष्ट रहेकाप्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । यसरी सहभागीहुने २०५ जनाअभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उक्त समान्नितहरु मध्येप्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरु लाई नगद सहित सम्मान गरिएको थियो ।

 

प्रथम स्थानहासिल गर्ने लाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतियहुनेलाई ७५ हजार नगद पुरस्कार प्रदानगरिएको थियो । कार्यक्रमको उद्घाटन सत्र लगत्तै बैंकर तथामोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पुर्णमा मोटिभेसन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसलाप्रदानगर्दै आ–आफ्नो काम प्रति उत्साहित बनाएका थिए । कार्यक्रममा सहभागीहरु मध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेकाथिए ।

 

कार्यक्रमको अन्त्यमा, सहभागीहरुमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न खेलकुद काकार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा कम्पनीका नेशनल शेल्स हेड उमापति पोखरेल, वरिष्ठ सहायक महाप्रबन्धक ओम प्रकाश पुडासैनी, स्ट्राटेजी हेड अमितकयाल,कम्पनी सचिव विनोद भुजेल, प्रबन्धक सुनिता पोखरेल, जोन प्रमुखहरु र रिजनल प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।