२०८१ बैशाख ६ , बिहिवार

पल शाहको मुद्दा विपक्षीबाट स्थगित

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ ।प्रतिवादीको तर्फबाट  नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार  स्थगित भएको हो ।

 

बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ । अब अर्को पेसीमा सुनुवाइ हुने पनि सूचना अधिकारी क्षेत्रीले बताए ।