२०८० चैत्र १५ , बिहिवार

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

सुनाखरी न्युज/ काठमाडौं ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो ।

 

विपक्षीले दिएको मुद्दा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री रहेका छन् । उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाएका थिए । सैन्य सहभागिता बढेपछि कानुन पनि त्यही अनुसार बनाउँदै उनले निरंकुशता लादेको विपक्षीहरूको आरोप छ ।

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको भनाई छ ।