२०७९ आश्विन १८ , मंगलबार

हार्दिक श्रद्धासुमन प्रदिप अंकल !

अञ्जु शर्मा वाग्ले:-
वुवाले बारम्वार नाम लिइराख्ने वौद्धिक, निष्ठावान ब्यक्तिमा प्रदिप अंकल (प्रदिप गिरी) हुनुहुन्थ्यो । वुवा ममिको ५० औं बर्षको वैवाहिक महोत्सवमा हामी चार छोराछोरीले उपहारको रुपमा ‘पाँच दशकको सहयात्रा’ नामक शुभकामनारुपी पुस्तक निकाल्ने निर्णय गोप्य रुपमा गरेका थियौं । कुरा तीन÷चार बर्ष अगाडिको हो, त्यसमा प्रदिप अंकलको पनि शुभकामना राख्ने इच्छा भयो । कुनै ब्यक्तित्वकाकारण नचिनिएका हामीले मनमा चाह राख्दैमा उहाँले शुभकामना लेखिदिनु होला त ? प्रश्न उठ्यो । र पनि एकपटक कुरा राखेर हेर्ने सल्लाहले हामीले आफ्ना कुरा राख्यौं । हामी दङग भयौं । हाम्रो अनुरोधलाई सहज रुपमा लिँदै पुनित कार्य गर्न लागेछौं भनी धन्यवाद पो पायौं । वुवा–ममिलाई दिएको ‘शुभकामना’ शीर्षकको उहाँको लेख हाम्रा लागि भनिन्छ नि ‘आशा अलि कति–पाएको कति कति’ जस्तो पो भयो । प्राप्त लेखमा उल्लेख गरिएका सामाजिक, राजनैतिक सन्दर्भ हेर्दा सदैव सम्झिरहने महत्वपूर्ण कासेली पायौं भन्ने लाग्यो । सायद प्रदिप अंकल र वुवाको सामिप्यताकै कारण हुनुपर्छ ।

 

 

 

वि. सं. २०७६ असार २५ गतेको ३ पानाको लेखमा विविध प्रसङगका कुरा छन् । ५३ बर्ष अघि भेटेको भारतका प्रशिद्ध समाजवादी नेता जयप्रकाश नारायणलाई ‘हाम्रो पुस्ताका महानायक मध्येका एक’ भन्दै नेपाल प्रेमी, जनविद्रोहका नेता मान्नुभएको छ । सन् १९६५ देखि १९७७ विचको नेपाल भारतको राजनीतिक अवस्थाको संक्षिप्त चित्रण पनि छ । वनारसको दुघ विनायक गल्लिको पनि बिशेष वर्णन गरिएको छ । वीपी, किशुन जी, सुवर्ण समसेर, गिरिजा प्रसाद साथै शैलजा आचार्य, अच्यूत राज रेग्मी, राम प्रसाद ज्ञवाली, कौशल राज रेग्मी, भागवत ज्ञवाली, लक्ष्मण खनाल आदिको पनि चर्चा छ । तत्कालिन समयको पाल्पाका राजनीतिक अग्रजहरुलाई विशेष स्थान दिनुभएको छ । पाल्पालाई वि. सं. २००७ सालको क्रान्तिको एक निर्णायक केन्द्र मान्दै तत्कालिन बडा हाकिम रुद्र शमशेर काँग्रेस समर्थक भएकोले २००७ साल सफल हुनुमा ठूलो सहयोग मिलेको उल्लेख गर्नुभयो । वीपी र रुद्ध्र शमशेरको पालामा भएको भूमिगत भेटवार्ता लगायतका अनेक सुनिएका र सुन्नमा नआएका चाखलाग्दा प्रसङगहरु लेखमा छन् ।

 

देश र पार्टि प्रति निष्ठावान सच्चा देशभक्त हरुलाई चिनेर अगाडि बढ्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

 

त्यसैले मैले गिरी अंकलको लेखलाई विश्लेषणगरी लेख्नुभन्दा यसमा लेखिएका केही कुराहरु जस्ताकै तस्तै राख्न चाहें–
‘३० अक्टुवर १९६८ मा वीपी कारागार मुक्त भएपछि नेपाली राजनीतिमा नयाँ उमङ्ग र तरङ्ग आयो । वीपी निस्कनासाथै म भने दुई बर्षका लागि नख्खु जेल परें । म जेलवाट निस्कँदा जननेता वीपी कोइराला आत्मानिर्वासनमा वनारस हुनुहुन्थ्यो । त्यसैले छुटेपछि म सरासर वनारस गएँ । यो दोस्रो वनारस प्रवास (सन् १९७०) मा वीपीकै सल्लाह बमोजिम लेख पढ् र प्रकाशनमा बढी संलग्न रहें ।’

 

वीपीले किटेरै भन्नुभएको थियो–क्रान्ति भनेको वम र पेस्तोल माग्न आउने होइन ।

गाउँका जनताका वीचमा धैर्यताका साथ वसेर संगठन गर्ने हो ।

 

वनारसको पहिलो प्रवास (सन् १९६५) मा भने वि. ए. को आखिरी बर्ष पढ्दै राजनीतिक संगठन, गतिविधी एवं भेटघाटमा ब्यस्त भएका थियौं । वनारस त्यतिवेला कम्युनिष्ट आन्दोलनको मुख्य केन्द्र थियो । काँग्रेसीको बसोवास कलकत्तातिर रहेछ । कम्युनिष्टको वैचारिक चुटाइवाट हैरान भएर वनारसमा रहेका प्रजातन्त्रवादी युवाहरुले (जसमा वुवा पनि सामेल हुनुहुन्थ्यो) । मलाई अध्यक्षमा उठाए र सहजै विजय पनि भएँ । नेपाली काँग्रेसका तत्कालिन कार्यवाहक सभापति सुवर्ण शमशेरले पठाएको बधाई पत्र पाएपछि अत्यन्त खुशी भएको बताउनुभएको छ । गाउँ गाउँमा रहेर काम गरेका कार्यकर्ता नै पार्टीका खम्वा हुन् भन्दै लेख्नुभएको छ, ‘वीपीले किटेरै भन्नुभएको थियो–क्रान्ति भनेको वम र पेस्तोल माग्न आउने होइन । गाउँका जनताका वीचमा धैर्यताका साथ वसेर संगठन गर्ने हो ।’ साँच्चै क्रान्तिप्रति समर्पित युवा छन् भने मेरा नजिकमा आएर ठूल्ठूला कुरा गर्ने काम छैन । आफ्नो पढाई सिध्याएर आफ्नै गाउँमा वा छर छिमेकमा शिक्षक भएर रहनुवस्नु आजको आवश्यकता हो ।

 

तरुणका पानाहरुमा पनि यी कुार लेखिएका छन् । वीपीको यस भावना अनुरुप रामप्रसाद ज्ञवाली जस्ता तरुण युवाहरु आ आफ्ना जिल्लामा शिक्षक हुनुभयो । शिक्षाको प्रसारको एउटा ध्येय अवस्य थियो । तर प्रजातान्तित्र आन्दोलनको स्याहार, संहार पनि झन महत्वपूर्ण थियो ।’ कति गहन विश्लेषण छ । यस्तै भावनामा थोरै नेताहरु भए मात्रै पनि देशले काँचुली फेर्ने थियो होला ।

अगाडि लेख्नुहुन्छ– ६ जनवरी १९७६ का दिन जननेता वीपी कोइरालाले युवासाथी राम प्रसाद ज्ञवालीलाई एउटा मार्मिक पत्र लेख्नुभएको थियो । त्यो पत्र आज पनि पठनीय छ । वीपी लेख्नुहुन्छ– ‘जनवरीको अन्त या फरवरीको सुरुतिर तिमीहरु मध्ये एक दुई जना सरसल्लाहका लागि यहाँ आउनु । यहाँ जो आउँदा पनि राम्ररी सल्लाह गरेर आउनु । साथिहरुमा पुरा एकता हुनुपर्छ, ग्रुपिजम अवाञ्छनीय कुरा हो । सन् १९७६ हाम्रा लागि, नेपालका लागि निर्णायक वर्ष छ ।’ ती अत्यन्तै निरासाका दिन थिए । वीपी अव के होला भन्ने बारेमा सारै नै चिन्तित हुनुहुन्थ्यो । जेल भित्र र वाहिरका साथिहरुको सम्पर्क उहाँसँग नै थियो । अन्ततः किसुनजी वनारस पुग्नुभयो । सल्लाहपछि नेपालमा रहेका साथिहरुको आशा र भरोसाका आधारमा वीपी कोइराला दिसम्वर १९७७ मा नेपाल फर्कने निर्णय गर्नुभयो ।

 

नेपाली काँग्रेसको खास इतिहास अझै लेखिएको छैन । नेपाली इतिहास लेख्नको अनिवार्य पक्ष यस्ता शिक्षक भएर वसेका, गाउँमा गृहस्थ भएर रुँगेका कार्यकर्ताहरुको मुल्याङकन हो ।’ यस्तो धारणा हुनु र पो त नेताहरु प्रति सम्मान आउँछ । सच्चा काँग्रेसको जग गाउँका कार्यकर्ता नै हुन् भन्दै लेख्नुहुन्छ– ‘यता काँग्रेस को हो र के हो भन्ने बारेमा भ्रम बाक्लिँदै गएको छ । यस भ्रमको सृजना हुनुमा नेतृत्व पनि जिम्मेदार छ । किसुनजीले एकताका लामो समयसम्म आफूसँग जेल वसेका बाहेक अरु कसैलाई काँग्रेस देख्नु भएनकी जस्तो लाग्दथ्यो । गिरिजा प्रसाद कोइराला वनारसमा आफूसँग बसेका कार्यकर्ताहरुलाई मात्रै श्रेष्ठ काँग्रेस मान्नुहुन्थ्यो । निश्चय नै उनीहरु श्रेष्ठ थिए । अझ भन्ने हो भने काँग्रेस पार्टीका तिनीहरु नै अग्रगामी दस्ता थिए । तर त्यति मात्र काँग्रेस थिएनन । उनीहरु त मानौं कुनै अग्लो धरहराको टावरवाट देखिने गजुर जस्ता थिए । त्यस गजुरको मुनी विशाल जग थियो । पर्खाल थियो । कुनै ठूलो दरवारको पर्खाल टाढावाट देखिँदैन । गजुर मात्र देखिन्छ । तर गजुर नै दरवार हुँदैन ।

तरुणका पानाहरुमा पन यी कुरा लेखिएका थिए । वीपीको यस भावना अनुरुप रामप्रसाद ज्ञवाली जस्ता तरुण युवाहरु आ आफ्ना जिल्लामा शिक्षक हुनुभयो । शिक्षाको प्रसारको एउटा ध्येय अवस्य थियो । तर प्रजातान्तित्र आन्दोलनको स्याहार, संहार पनि झन महत्वपूर्ण थियो ।’ कति गहन विश्लेषण छ । यस्तै भावनामा थोरै नेताहरु भए मात्रै पनि देशले काँचुली फोर्न थियो होला सयद ।

 

 

 

अर्को शब्दमा भन्दा नेतृत्वदायी तहमा वसेका नेता मात्र पार्टी हुँदैनन् । गाउँ गाउँमा वसेर निरन्तर काँग्रेसको नाम जपिरहेका स्कूल, कलेज, अस्पताल जस्ता ठाउँ ठाउँमा कम्युनिष्ट सँग पैठेजोरी खेलेर तर्क वितर्क गरिरहेका ब्यक्तिहरु नेतृत्वमा सरिक हुँदैनन् । तर उनीहरु विना पार्टी वन्दैन । एउटा मनुष्यको शरीरमा खुट्टा, पिडुँला, करङ हुँदै टाउको सम्म गएझै एउटा पार्टी हुन गाउँवाट उठेर गाउँ, बजार, शहर, स्कूल, कलेज, अस्पताल, अड्डा भएर केन्द्रमा पुग्छन् । केन्द्रमा नेताहरुलाई सवैले चिन्छिन् । टोपी सवैले देख्छन् । पैताला देखिँदैन । भूपि शेरचनले भनेझैं– पैतालाले धपेडी गर्छ, निधारमा अवीर दलिन्छ । गर्धनमा मालाको ओइरो हुन्छ ।

 

समकालिन दलिय राजनीतिको यस विडम्वनाको हामी भुक्तभोगी छौं । अहिलेको राजनीतिको यथार्थता यही नै त हो । नेता मुखी राजनीतिलाई अन्त गर्दै नयाँ मनस्थिति र परिस्थितिले अगाडि बढ्नुपर्ने सुझाउँदै भन्नुहुन्छ– ‘अहिले पार्टीको राजनीति नेतामुखी भएको छ । काठमाडौंमा केन्द्रका वरिपरी वसेर गणेश परिक्रमा गर्ने साथीहरु पद र पैसा वटुल्न सफल भएका छन् । यस स्थितिको अन्त्य हुनुपर्छ । नयाँ परिस्थितिले नयाँ मनस्थितिको माग गरेको छ । नयाँ मनस्थिति वनाउनका लागि हामीले काँग्रेसको इतिहासको पुनरावलोकन गर्नुपर्छ ।’

अझ धेरै विविधताका कुराहरु प्रदिप अंकलले यहाँ लेख्नुभएको छ । शुभकामनाका केही हरफ चाहेका हामीले वुवा ममिको शतायुको कामनाका साथ गहन भावनाले भरिएको लेख पाउँदा हामीलाई अनुपम उपहार मिलेको प्रतित भयो ।

 

समकालिन दलिय राजनीतिको यस विडम्वनाको हामी भुक्तभोगी छौं । अहिलेको राजनीतिको

यथार्थता यही नै त हो ।

 

लेखिरहँदा उहाँको अन्तिम विदाई सम्झिरहेकी छु । अन्तिम यात्रामा उर्लेको जनसागरले उहाँलाई सदाअमर वनाउने छ । देश र पार्टि प्रति निष्ठावान सच्चा देशभक्त हरुलाई चिनेर अगाडि बढ्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । सच्चा राष्ट्रवादी सपुतको विदाइमा हामी मात्र नभई सिङगो देश नै शोकमग्न छ । दुःखको यस घडिमा उहाँको वैकुण्ठवासको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
अलविदा प्रदिप अंकल ।
हामी पनि श्रद्धाञ्जली टक्र्याउँछौं: रञ्जु शर्मा नेपाल, ज्योति शर्मा अधिकारी, शरद शर्मा ज्ञवाली ।