२०८१ बैशाख ४ , मंगलबार

प्रतितोला तीन सयले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार केही दिनदेखि लगातार रुपमा घटिरहेको सुनचाँदीको मूल्य आज बढेको हो । आज सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।