२०८१ बैशाख ८ , शनिवार

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, बुधबार सिट बाँडफाँटको टुंगो लगाउने

सुनाखरी न्युज/ काठमाडौं । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यहरूको संयुक्त बैठक बसेको थियो । तर बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।

 

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे दुई सातादेखि छलफलमा छन् । तर, अहिलेसम्म टुंगो लागेको छैन । बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला नै अस्वस्थताका कारण उपस्थित हुनु भएन । अर्को बैठक भोली फेरि बस्ने नेताहरु बोलाएका छन् ।

 

बिहीबारसम्म सिट बाँडफाँडको विषयलाई टुंग्याउने मानसिकतासहित छलफल भइरहेको नेताहरुको भनाइ छ । नेताहरूबीच २०७४ र २०७९ को निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भएपनि सिटको संख्याबारे भने सहमति हुन सकेको छैन ।