२०७९ आश्विन १३ , बिहिवार

नयाँ बर्षको TCLमय सुरुवात

सुनाखरी न्युज/ काठमाडौं ।आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले “नयाँ बर्षको TCLमय सुरुवात!” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ । ग्राहकहरुले टेलिभिजनको खरिदमा रु. ५९,००० सम्मको छुट पाउन सक्नेछन भने कर्भड टेलिभिजनको खरिदमा रु. १९,००० को छुटका साथै १ थान टि.भी स्टिक उपहार पनि पाउन सक्नेछन। त्यस्तै वाशिङ मेसिन खरिदमा रु. २७,४०० सम्मको छुटका साथै ६ केजीको एरिअल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन। र रेफ्रिजेरेटरको खरिदमा रु. ३३,४००को छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर उपहार पनि पाउन सक्नेछन। त्यसै गरी एअर कन्डिसनरको खरिदमा रु. ५३,७०० सम्मको छुटका साथै रु ४,००० बराबरको नि:शुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन। र साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४,९०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४,८०० सम्मको छुट पाउन सक्नेछन।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।