२०८१ बैशाख ८ , शनिवार

“GET SET गोडरेज” नामक योजना सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । ६४ बर्षको ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो नयाँ बर्षलाई लक्षित गरी “GET SET GODREJ” नामक योजना सार्वजनिक गरेको छ ।

 

यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

 

ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २१% सम्मका छुट र आकर्षक उपहारहरु पाउन सकिने छ। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै २ केजी एरियल वाशिङ पाउडर पनि पाउन सकिनेछ भने माईक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कूकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।