२०७९ आश्विन १८ , मंगलबार

जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, प्रदीप पौडेल कास्की जिल्ला केन्द्रीय प्रतिनिधि

Capture

सुनाखरी न्युज/ काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

 

कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ ।

 

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेल कास्की जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।