२०८१ बैशाख ७ , शुक्रवार

शेयर बजारमा सामान्य वृद्धि, एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँको कारोबार

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य बढेको छ । आज नेप्से १.८१ अंकले बढेर दुई हजार ५४ दशमलब ९५ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । र रु जलविद्युत कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

 

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यसको आज १४ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।