२०८० चैत्र १५ , बिहिवार

आइफोनमा पनि चल्न थाल्यो मेरो शेयर एप

सुनाखरी न्युज/ काठमाडौं । मेरो शेयर एप आइफोनमा पनि चल्न थालेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ‘मेरो शेयर’ एप एपल स्टोरबाट डाउन्लोड गरी आईओएसमा पनि प्रयोग गर्न मिल्ने बनाएको हो।

 

यसअघि सिडिएससीले एनरोइड फोनमा मात्रै मेरो शेयर चल्ने गरी एप तयार गरेको थियो। अब आईफोन बोक्नेले पनि सहजै मेरो शेयर एप चलाउन सक्ने भएका छन् ।

सीडीएससीले २०७७ असोज पहिलो साता मेरो शेयरको एप ल्याएको थियो ।