२०८१ बैशाख ६ , बिहिवार

फुटपाथ व्यापारीले गरे काठमाडौं महानगरको कार्यालय घेराउ

सुनाखरी न्युज/ काठमाडौं । फुटपाथ व्यापारीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरूले मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

 

‘सर्वसाधारणको गाँस खोस्न पाइँदैन’, ‘रोजीरोटी खोस्न पाइँदैन’ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । महानगरले श्रमिकहरूको सम्मान गर्नुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका छन् । नगर प्रहरीले खोसेका सामान समेत फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

 

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापन पत्र बुझाउन गएका उनीहरुले ३ बुँदे माग एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् ।