२०८० चैत्र १५ , बिहिवार

‘सनसिल्क दसैँ भाइब्स-२’को तयारीमा सनसिल्क नेपाल

सुनाखरी न्युज/ काठमाडौं । सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्रान्डमध्ये एक हो। वर्षौंदेखि यो उपभोक्ताको प्रिय बन्दै आइरहेको छ। निःसन्देह यो नेपालको नं. १ ब्युटी ब्रान्ड पनि हो।

 

युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हरप्रकारका सम्भावनाहरुका लागि उनीहरुको केशलाई तयार बनाउन सनसिल्कले दशकौँदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ। नेपालको महान चाडमा आफ्ना ग्राहकको जीवनको एक हिस्सा बन्न गत वर्ष सनसिल्क नेपालले बडादसैँ २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगिता सनसिल्क दसैँ भाइब्स अभियान सुरु गरेको थियो। जुन अभियान भव्य रुपमा सफल पनि भएको थियो। यो अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ अफ गल्र्सको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो।

 

आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्रान्ड एम्बेसेडरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्रान्डको प्रतिनिधित्व गर्न जोडिएका थिए। प्रतियोगीताको विजेताहरुका रुपमा उनीहरुले यस वर्षको ‘सीमित विशेष दसैँ प्याक’ मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्। जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिँदैछ। यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्ः हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट। नेपालको लाखौँ घरमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ। यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरुमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलोपटक पेस गरिएको हो।

 

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले भने, ‘लाखौं उपभोक्ताद्वारा रुचाइएको र देशभर बिक्री हुने सनसिल्क निःसन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्रान्ड हो। गत वर्ष दसैँको बेलामा आयोजित दसैँ भाइब्स प्रतियोगिताको विजेताहरु सनसिल्क ग्याङ अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ र प्रतियोगिता आफैँमा एक अभूतपूर्व सफल अभियान थियो। सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु उत्साहित हुने गर्दछन् र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्रान्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौँ। हामी विश्वास गर्दछौं, सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ। हामी हाम्रा उपभोक्ताले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसँगै हाम्रा ब्रान्डहरुलाई आबद्ध गराउन चाहन्छौँ। सनसिल्क ग्याङ अफ गल्र्सको सक्रियता र सनसिल्क दसैँ भाइब्स त्यस्तै प्रयासहरुको अंग हुन्।’

 

महान चाड दसैँ नजिकिँदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दसैँ भाइब्स दोस्रो वर्षका लागि पनि सुरु गर्ने तयारी गरिरहेको छ। जसले लाखौँ नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्नेछ। सनसिल्क दसैँ भाइब्सले आफ्नो अनगिन्ती कोसेढुंगाहरुमध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भने २८५४ जनाले सहभागिता जनाएका थिए र यस वर्ष सनसिल्क दसैँ भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।