२०८१ बैशाख ८ , शनिवार

सयपत्री हाइड्रोपावरको आरटीएसमा एनआईबिएल एस क्यापिटल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । सयपत्री हाइड्रोपावरको सेयर रजिस्ट्रार (आरटीएस)मा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। सयपत्री हाइड्रोपावरको सञ्चालक समितिको निर्णयअनुसार एनआईबिएल एस क्यापिटललाई आरटीएसमा नियुक्त गरिएको हो।

 

आरटीएसमा नियुक्त भएसँगै अब एनआईबिएल एस क्यापिटलले सयपत्री हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का, सेयरधनीहरुको लगत अद्यावधिकलगायतका सम्पूर्ण काम गर्नेछ।

 

आरटीएसमा एनआईबिएल एस क्यापिटलको नियुक्त भदौ १ गतेबाट लागू भएको कम्पनीले जनाएको छ।