२०८१ बैशाख ११ , मंगलबार

सुनचाँदीको भाउमा ओरालो यात्रा कायमै

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँमा झरेको छ। हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।