२०८१ बैशाख ८ , शनिवार

‘Nabil Gen Alpha’को ब्राण्ड एम्बासेडरमा समाजसेवी पे्रन्सा रेग्मी नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरु लाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।

 

अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंककमाउन सक्छन् र त्यहि अंकलिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्ट मार्फत् बालबालिकाहरु लाई जीवन सीप र बचतको महत्वसिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

 

बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्तगर्न पाउँदाखुसीव्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा Global Child Prodigy Awards 2022 जितेकी छन् ।“Nabil Gen Alpha बालबालिकालाई मार्ग दर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्र्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो,” नबिल बैंकका प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।“प्रेन्साएक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनीधित्व गर्ने प्रेरणादायी पात्र भएको ले हामीले उहाँलाई यो प्रोडक्टको लागिसही फिट पाएका छौं,”उनले थपे ।

 

यो प्रोडक्ट प्राविधिक ज्ञान भएकानयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, “हामीले एउटा एपविकास गरेका छौं, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन्। यसरी बच्चाहरूले घरको कामर जीवन सीपहरू सिक्दै आफ्नो लिङ्कगरिएको खातामा पैसा कमाउन सक्छन्।”उनले यस एपले सानै उमेरबाट बालबालिकाहरुमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमासिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकता बीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।