२०८० चैत्र १५ , बिहिवार

मौसम : मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाकाे सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।

 

आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

 

मंगलबार राति भने मधेश प्रदेशमा सामान्य बदली हुने भएको छ । त्यस्तै, अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।