२०८० चैत्र १६ , शुक्रवार

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा

सुनाखरी न्युज/ काठमाडौं । एनएमबी बैंकको थप सातवटा शाखामा महिला प्रमुख हुने भएका छन् । सोमबार बैंकले एक कार्यक्रमको आयोजना गर्दै छ प्रदेशका सातवटा शाखामा महिला शाखा प्रमख हुने जानकारी दिएको हो ।

 

 

प्रदेश नम्बर एकको टंकी सिनुवारी शाखामा शोभिता पन्त, मधेस प्रदेशको महोत्तरीमा रहेको शाखामा मालिका ठाकुर शाखा प्रमख रहने भएकी छिन् भने बागमती प्रदेशको बल्खुमा रहेको एनएमबी बैंककोे शाखामा प्रफुल्ला मानन्धर शाखा प्रमुख रहने बैंकले जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशको चौथे शाखामा खिमकुमारी गुरुङ, लुम्बिनी प्रदेशको भालवारीमा रहेको शाखामा शाखा प्रमुख सिता भुसाल र सुदुरपश्चिम प्रदेशको धनगढी शाखामा नन्द कुमारी भण्डारी शाखा प्रमुखमा रहने बैंकले जनाएको छ ।

 

कर्णाली प्रदेशमा भने एनएमबी बैंकको शाखा नभएकोले चाँडै शाखा विस्तार गरेर त्यहाँ पनि महिला शाखा प्रमुख राखिने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।