२०८० चैत्र १५ , बिहिवार

शेयर बजारमा ७ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको गिरावट भएको छ ।

 

आज नेप्से ७.३८ अंकले बढेर दुई हजार ५३ दशमलब १६ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

 

नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यसको आज २८ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।