२०८१ बैशाख १३ , बिहिवार

विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङमा आज ३८५ जना चालकहरू कारवाहीमा

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियान अन्तरगत आज ३८५ जना चालकहरू कारवाहीमा परेका छन् ।

 

जसअन्तरगत ८४ जना ट्राफिक नियम उल्लघन गर्ने विद्यार्थी चालक कारवाहीमा परेका छन् । जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने ३६ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने ५ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २ जना र हेल्मेट नलगाउने तथा अनावश्यक हर्न बजाउने १/१ जना चालकहरू कारवाहीमा परेका छन् ।

 

विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङकै क्रममा अन्य ३०१ जना चालक पनि कारवाहीमा परेका हुन् ।