२०८१ बैशाख १२ , बुधवार

आइपिओ भर्दा लाग्ने सी-आस्बा शुल्क घटाउने तयारी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा लाग्ने सी–आस्बा शुल्क घटाउने तयारी गरेको छ। अब आइपिओ भर्दा सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ।

 

हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ। अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्बा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्बा शुल्क उठाउँदै आएका छन्।

 

लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्बा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन्। सेबोनले सी–आस्बा शुल्क अधिकतममा ५ रुपैयाँ लिन पाउने व्यवस्था कार्यान्वयनमा ल्याए लगानीकर्ताहरुलाई ठूलै राहात हुनेछ।