२०८१ बैशाख १३ , बिहिवार

पोखरामा लिम्बु मातृभाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सुरु

राजाराम पौडेल/ पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

किरात याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले एक कार्यक्रमकाबिच गरें । उनले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको उनको भनाई थियो। यस्ता कार्यक्रमले मातृभाषा संरक्षणमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास छ ।

किरात याक्थुङ चुम्लुङ पोखराका धन बहादुर थेवेको अध्यक्षतामा आयोजित कार्यक्रममा दिनेश लिम्बु, सञ्जय लिम्बु लगायतले बोलेका थिए । कुल ३२ जना प्रशिक्षार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रमको सहजिकरण सञ्जय लिम्बु र दीनेश लिम्बुले गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । प्रशिक्षण कार्यक्रम एक महिना सम्म चल्नेछ ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम आयोजना निरन्तर भईरहेको छ । जस अनुसार तामाङ, दुरा, नेवारी, गुरुङ भाषाको प्रशिक्षण अघिल्लो आर्थिक वर्षमा सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना अनुसार लिम्बु मातृभाषा तथा लिपि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।