२०८१ बैशाख ७ , शुक्रवार

सुरक्षाको पुर्व तयारी तथा विपद् उद्दारमा प्रयोग गर्नका लागी सुरक्षा निकायलाई ड्रोन

सुनाखरी न्युज/  पोखरा । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले कुनै पनि स्थानको सुरक्षाका विषयमा पूर्व सुचना तथा विपद् जोखिम आंकलनका लागी तिन वटै सुरक्षा निकायलाई ड्रोन हस्तान्तरण गर्नु भएको छ ।

गण्डकी प्रदेश सरकारको नियमित सुरक्षा समन्वय समितिको बैठकको अवसरमा मन्त्री विश्वकर्माले सुरक्षा निकायलाई प्रविधीमैत्री बनाई जनतालाई सुरक्षा प्रदान गर्न गण्डकी प्रदेश सरकार लागि परिरहेको बताउदै तिन वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरुलाई ड्रोन हस्तान्तरण गर्नु भएको हो ।

 

ड्रोनको प्रयोग खोचमा फसेका तथा हिमाली भेगमा आउने विपद र विभिन्न कार्यक्रम स्थलहरुमा सुरक्षा अनुगमनका लगि गरीने गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले बताउनुभएको थियो ।