२०८१ बैशाख ८ , शनिवार

नगर प्रहरी बलको प्रमुखमा पाण्डे

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हाल्नु भएको छ । भदौ २ गतेको निर्णयअनुसार उहाँले हिजो (भदौ ५ गतेबाट) पदबहाली गर्नुभएको हो ।

 

पदबहाली लगत्तै उहाँले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई व्रिफिङ् गर्नुभएको थियो । पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गर्नुभएको हो । २०७७ सालमा उहाँको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।

 

२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उहाँको पदोन्नति भएको हो । त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो ।