२०८१ बैशाख ७ , शुक्रवार

रियलमी ९ प्रो फाइभजी र रियलमी सी३० नेपाली बजारमा

सुनाखरी न्युज/ काठमाडौं ।विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभजी रियलमी सी३० लन्च गरेको छ।

 

लन्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, ‘यो हाम्रा लागि एकदमै महत्वपूर्ण स्मार्ट फोन सिरिज हो। किनभने यो। बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताले खोजेको मूल्यमा उपलब्ध छ।’

रियलमी ९ प्रो फाइभजी

इन्डस्ट्री लिडिङ लाइट सिफ्ट डिजाइनयुक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्री, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली फाइभजी चिप सेट रहेको छ। एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ।

यसमा फाइभजी प्रोसेसर मध्यको सबैभन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्रागन ६९५ फाइभजी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ। क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ एमपीको ट्रिपल क्यामरा रहेको छ। १६ एमपिको वाइड एंगल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ। त्यस्तै साइड माउन्टेड फिंगर प्रिन्ट सेन्सर रहेको छ।

 

५००० एमएएचको शक्तिशाली ब्याट्री भएको यो रियलमी ९प्रो फाइभजी स्ट्यान्ड–बाइ मोडमा ५८१ घन्टासम्म टिक्छ भने १३९ घन्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ। त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५०% सम्म चार्ज गर्न सकिन्छ। अरोरा ग्रिन र सनराइज ब्लुमा ८÷१२८ जीबीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मूल्य रु.३८ हजार ९९९ रहेको छ।

रियलमी सी ३०

एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी३०को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ। यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्कामध्येको एक हो। यसको हाई स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ। यसमा पछाडिको क्यामरा ८ एमपीको छ भने अगाडिको क्यामरा ५ एमपीको छ। शक्तिशाली ५००० एमएएचको ब्याट्रीका साथमा प्रयोगकर्ताहरुले दिनभरि नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाई मोडमा ४५ दिनसम्म टिक्छ।

 

यो ब्याम्बु ग्रिन र लेक ब्लु रङमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ। २/३२ को मूल्य रु. १४ हजार ४९९ छ भने ४/६४ को रु.१९ हजार ९९९ रहेको छ। रियलमी सी३० नेपालभरका स्टोर र अनलाइनमार्फत दराजमा भदौ ५ गतेबाट उपलब्ध हुनेछ।