२०८० चैत्र १६ , शुक्रवार

काँग्रेस नेता गिरिको अन्तिम बिदाई, श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे आर्यघाटमा

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।

उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे ।

 

शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।

काँग्रेस नेता गिरिको अन्तिम बिदाई नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरिको पार्थिव शरीर यसअघि
अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपामा राखिएको थियो ।

गिरिलाई श्रद्धाञ्जली दिन अहिले नेता, कार्यकर्तादेखि आफन्त तथा शुभचिन्तकको ठूलो भिड छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले गिरिको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

विभिन्न दलका शीर्ष नेता तथा सयौं कांग्रेसी कार्यकर्ता गिरिलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय परिसरमा भेला भएका छन्। यसअघि गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल राखिएको थियो।

आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेता गिरिको उपचारका क्रममा गएराति नेपाल मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो।