२०७९ आश्विन २१ , शुक्रवार

२९९ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

corona

सुनाखरी न्युज /काठमाडौं । गत २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४३३७ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।